सामुदायिक वनमा आन्तरिक पर्यटकको आकर्षण

सूर्यप्रसाद अधिकारी, जेष्ठ १०, चितवन । सामुदायिक वनमा गरिएको पर्यटन पूर्वाधारमा गरिएको स्तरोन्नतति संँगै यहांँका अधिकांश सामुदायिक वनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वच्छ शान्त वातावरणमा प्रकृतिको दृश्यावलोकन, वन्यजन्तु अवलोकनका साथै मनोरञ्जन गर्न सकिने भएकोले यसतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो ।
चितवनका ज्ञानेश्वर , कुमरोज , कंकाली ,वरण्डाभर ,बेलशहर तथा जलदेवी सामुदायिक वन पर्यटकको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय सामुदायिक वनमा पिकनिक, जंगल सफारी, पौडी पोखरी, पार्क, चिडियाखाना लगायत स्थानीय परिकारहरु समेत खान पाइने भएकोले पनि सामुदायिक वनमा पर्यटकको चाप बढ्दै गएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको ज्ञानेश्वर सामुदायिक वनमा दैनिक आन्तरिक पर्यटकको भीड हुने गरेको वनका अध्यक्ष राजन अधिकारी बताउँनुहुन्छ । ‘यहांँ विभिन्न ठाउंँबाट पिकनिक खान, घुम्न तथा नारायणीको दृश्यावलोकन गर्नेको भीड हुन्छ,’ उहांँले भन्नुभयो । उहांँका अनुसार नारायणगढबाट यो वन नजिकै रहेको हुनाले पनि यहांँ पर्यटकको आगमन बढेको हो । आम्दानी संँगै यस वनले यहांँको पूर्वाधारमा समेत स्तरोन्नति गर्दै लगेको छ । यहांँ अहिले ११ वटा पर्यटक विश्रामस्थल, आधा दर्जनभन्दा बढी पिकनिक स्पट, आकर्षक उद्यान, वन्यजन्तु उद्धार केन्द्र लगायतका संँरचना रहेका छन । भविष्यमा यस क्षेत्रमा खुल्ला पौडी पोखरी र सामुदायिक होमस्टे सञ्चालन गर्ने योजना रहेको अधिकारीले बताउनु भयो ।
यस्तै नारायणगढको नाकैमा रहेको जलदेवी सामुदायिक वन क्षेत्रमा पनि आन्तरिक पर्यटकको आर्कषण उत्तिकै वढेको छ । मुख्य राजमार्गले छोएको यस वनमा बाल उद्यान, आकर्षक पार्क, इतिहास झल्काउने व्यक्तिका मुर्ति, वन्यजन्तुका मूर्ति राखिनुका साथै सभाहल राखिएकोले विहान बेलुकानै पर्यटकको चहलपहल बढेको छ ।
वनका अध्यक्ष केशव बहादुर थापाका अनुसार यहांँ पोखरीको निर्माण गरेर डुंगा चलाउने तयारी गर्नुका साथै आउंँदो असोजसम्म साहसिक खेल जीपलाइन ल्याइने तयारी भइरहेको छ । ‘वनमा रहेका दाउरा विक्रीबाट मात्र आयआर्जन सकिदैन, उहांँले भन्नुभयो, यसलाई पर्यटकीय गतिविधिसंँग जोड्न सके आम्दानी हुनुका साथै रोजगारीको सिर्जना समेत हुन्छ ।’ चितवन जिल्लाको केन्द्रमा र मुग्लिङ्ग नारायणसडकमा जोडिएको हुनाले यस सडक भएर जाने यात्रुहरुसमेत आउने गरेको थापाले बताउनु भयो ।
यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिकाको कंकाली सामुदायिक वन र कुमरोज सामुदायिक वनमा समेत पर्यटक आउने क्रम बढेको छ । बिशेषरी कुमरोज सामुदायिक वनमा जीप सफारीको लागि आन्तरिक साथै बाह्य पर्यटक बढी आउने गर्दछन । जीपमा सफारी गर्दा वनको हरियाली एवं रमणीय वातावरण हेर्न पाउनुका साथै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न पाइने हुनाले अफसिजनमा समेत आन्तरिक पर्यटक आउने गरेका हुन । नगरपालिकाका प्रमुख लालमणी चौधरीका अनुसार यहांँ स्थानीय थारुबोटेका संस्किृत लगायत परिकारहरुसमेत पाइने हुनाले सामुदायिक वनमा आउने गरेका हुन । ‘यहांँ मुख्य आकर्षको रुपमा दराईबोटे ताल र सामुदायिक होमस्टे पनि सञ्चालनमा छ’ उहांँले भन्नुभयो ।
सोही नगरपालिकाका रहेको कंकाली सामुदायिक वनमा समेत आन्तरिक पर्यटकको चहलपहल वढ्दो छ । ऐतिहासिक ठाउंँ भएको र यहांँ कंकाली माताको मन्दिर रहेकोले पनि पर्यटकहरु खालीनै नहुने वनका अध्यक्ष वेलबहादुर अधिकारी बताउंँनु हुन्छ । उहांँका अनुसार यहांँ चितवन लगायत छिमेकी जिल्ला समेत देखिने गरी पांँचवटा भ्यूटावर भएकोले यहांँबाट दुर्लभ वन्यजन्तुको साथै अन्य दृश्यावलोकनको लायि पर्यटक आउने गरेका हुन । यहांँ पौडी पोखरी एवं जैविक ताल लगायतका संरचना भएका कारणपनि आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ ।सामुदायिक वनले पर्यटकीय गतिविधि सञ्चालन गर्नसेके थप आयआर्जन हुनुका साथै स्थानीय रोजगारीमा समेत वृद्धि हुने उहांँको भनाई छ ।
यस्तै पश्चिम चितवनका वरण्डाभार सामुदायिक वन, वेलशहर सामुदायिक वन,विरेन्दनगर मध्यवर्ती सामुदायिक वन लगायतका क्षेत्रहरुमा आन्तरिक पर्यटकको उपस्थिति उल्लेखनीय रहेको स्थानीय पर्यटन व्यवसायी बताउंँछन । पर्यटकीय गतिविधिबाट अधिकांश सामुदायिक वनले आम्दानी गर्दैगएपछि जिल्लाका अन्य सामुदायिक वनले समेत पर्यटकीय गतिविधिलाई जोड दिन थालेका छन ।
तपाइँको प्रतिक्रिया