हत्या आरोपमा चार युवा पक्राउ

जेष्ठ ८,बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० स्थित सितलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन्।
उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ बस्ने २७ वर्षिय चिरञ्जिवी आर्चायको गएको सोमवार ढुङगाले हानेर विभत्स हत्या भएको थियो।
पक्राउ परेका सबै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ निवासी हुन्। पक्राउ पर्नेमा ३३ वर्षिया रमेश वि.क., २८ वर्षिय गोपाल खनाल, २४ वर्षिय वसन्त खत्री र २० वर्षिय राजु वि.क. छन्।
पक्राउ परेकामध्ये रमेश वि.क. हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए।
उनका अनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जङगलमा फ्याकेका थिए। मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको १३ हजार रुपैयाँको लोभमा हत्या गरेको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए।
हत्या गरेर जङगलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो। पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ।
तपाइँको प्रतिक्रिया