कर्मचारी कुटेका इटहरीका मेयरद्वारा पत्रकारमाथि दुर्व्यवहार

जेष्ठ ८,इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारलाई अभद्र व्यवहार गरेका छन्।
बुधबार मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहादुर भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका छन्।
उनले पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए।
कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समाते। भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काएका छन्।
कर्मचारी कुटपिटका विषयमा प्रतिक्रिया लिन पुगेका दुबै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ।
मेयर चौधरीले गरेको व्यवहार निन्दनीय रहेको भन्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ति निकाल्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह समेत गरेका छन्। नेपाल लाइभ
तपाइँको प्रतिक्रिया