अन्तत :अध्यक्ष रेग्मी पक्राउ परे, मुद्धा चलाई कारवाहीको तयारी

जेष्ठ ८, चितवनः उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
जेठ ३ गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ्मा रहेको सडक दस्तुर संकलन केन्द्रमा भएको तोडफोड एवं आगलागिमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार उनलाई घटना भएको दिनबाटै व्यापक खोजी गरिएपनि आज भरतपुरबाट पक्राउ गर्न प्रहरी सफल भएकोे हो । उनी सोही दिनबाटै प्रहरीको फरार सूचीमा रहेका थिए ।
अध्यक्ष रेग्मीलाई असई कल्पना खड्कालाई गरिएको अभद्र व्यवहार र तोडफोड अन्र्तगत मुद्धा दर्ता भई कारवाही शुरु भएको प्रहरीले जनाएको छ । रेग्मी सहित प्रदेश सभा सदस्य कृष्ण खनालको टोलिले संकलन केन्द्रमा आगजनी गरेका अन्य दोषीहरुलाई धरौटीमा छाडिएको छ भने रेग्मी हिरासतमा रहेका छन । आगलोगीका क्रममा प्रहरी सहायक निरिक्षक खड्का गम्भिर घाईते भई चितवन मेडीकल कलेजमा उपचारारर्थ छिन ।
तपाइँको प्रतिक्रिया