नेपाली सञ्चारमाध्यमको भुमिका प्रसंशायोग्य छ ः राजदूत थापा

बेल्जियम ,८ जेठ । बेल्जियमको लागि नेपाली राजदुत लोक बहादुर थापाले समृद्ध नेपालको निर्माणमा नेपाली संचारकर्मी र सञ्चारमाध्यमले खेलेको भुमिका अत्यन्तै सह्रानीय र प्रशंसायोग्य रहेको बताउनुभएको छ ।
सोमबार बेल्जियममा नारायणी टूडेको उन्नाइसौं बार्सिकोत्सव को अवसरमा बोल्दै उहाँले समाज निर्माण र समृद्ध नेपाल निर्माणका लागि नेपाली सञ्चारजगतले निष्पक्ष रूपमा सम्प्रेषित समाचारले जनताको सुसूचित हुने अधिकारको रक्षा गरेको बताउनु भयो । बेल्जियममा रहेका नेपालीको बारेमा बोल्दै राजदुत थापाले यहांँ संख्यात्मक हिसाबले नेपाली कम भएपनि उनीहरुले गुणात्मक रुपमा फड्को मार्न सफल भएको बताउनुभयो । लगनशीलता,परिश्रम र ईमानदारीता नै नेपालीको परिचय भएको भन्दै उहांँले बेल्जियममा नेपालीका तीन सय बढी होटल रहेको जानकारी दिनुभयो ।
सो अबसरमा बेल्जियम निवासी चितवनकी सीता सापकोटालाई उहाँको अद्धितिय समाज सेवाको कदर गर्दै सम्मान गरिएको थियोे । युवा उद्यमी नवीनराज पौडेलको नेतृत्वमा २१ सदस्यीय नेपाली टोली युरोपको बेल्जियममा नारायणी टूडेको १९ औं बार्सिकोत्सब मनाउन जेष्ठ ५ गते प्रस्थान गरेको थियो थियो । टोली मा नारायणी टुडेका प्रधान सम्पादक विरेन्द्रमणि पौडेल ,काङ्ग्रेसका जिल्ला नेता कैलाश कोइराला ,युवा उद्यमी सीता सापकोटा ,हेमन्त बजगाई ,रुद्र कंडेल ,मिलन सुवेदी,सन्तोष शाह ,नरेन्द्र अर्मजा, लगायत सहभागी हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै सम्पादक नारायणी टुडेका सम्पादक पौडेलले यस्ता सिर्जनात्मक कार्यक्रमले नेपालमा विकास ,समृद्धिका मोडेल सिक्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटन प्रर्वद्धन कसरी गर्न सकिन्छ भन्ने सिको गर्न र विदेशको विकासका गतिशिलतालाई बुझ्न यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको उहांँले बताउनु भयो । विगत दुई बर्ष देखि पत्रीकाले विदेशमा वार्सिकोउत्सव मनाउदै आएको छ । पत्रिकाले यस अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुको साथै समाज परिवर्तनमा योगदान पुरयाउने समाजसेवी, पत्रकार तथा विशिष्ट व्यक्तिहरुलाई हरेक बर्ष सम्मान समेत गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया