शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

जेष्ठ ७,अर्घाखाँची । उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।
अर्घाखाँची शितगंगा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका-१
पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस
भएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो ।
शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्नसक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । “अरू केही
होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र ब्यवहार गर्छन भनेर नियन्त्रणमा लिएका हौँ”, उनले भने । – रासस
तपाइँको प्रतिक्रिया