पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘पोइ पर्यो काले’को शुभ मुर्हूत

काठमाडौं, जेठ ६ – सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘पोइ पर्यो काले’को शुभ मुर्हूत गरिएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्देशकको भूमिका निर्वाह गर्दा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोके । भने , निर्देशक सम्झना उप्रेती रौनियारले क्यामरा अन गरिन । वितरक गोपालकाजी कायस्थले नरिवल फूटाउँदै सबैले सफलताको शुभकामना व्यक्त गरे ।
‘तिमि सँग’ निर्देशक गरेका हुने शिशिर राणाले चलचित्र ‘पोइ पर्यो काले’ लाई निर्देशन गर्दैछन्। चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त , सोहित मानन्धर,राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा, गोपाल ढकाल (छन्दे)लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
जेठ १३ बाट छायाँकनमा जाने कमेडी जनराको यस चलचित्रको कथा निर्देशक स्वयम्ले लेखेका हुन् ।चलचित्रमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेको संगीत , शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा कविराज गहतराज,रामजी लामिछाने ,रविन शाहको कोरियोग्राफी रहनेछ ।
श्याम बहादुर थापा प्रस्तुतकर्ता रहने चलचित्र ‘पोइ पर्यो काले’लाई दिपक मनाङ्गे र अ.देवी राईले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा किरण नेपाली र रघु परियार छन् । भने, अर्जुन खनिया र देव तामाङको सह-निर्माण रहनेछ । कार्तिक ८ दिपावलीको दिनलाई सिनेमाको रिलिज डेट तय गरिएको छ ।
तपाइँको प्रतिक्रिया