बार्षिकोत्सव मनाउन नारायणी टुडेको टोली पुगे पेरिस

जेष्ठ ६, चितवन । नारायणी टुडेको टोली आफ्नो १९ औं बार्षिेकोत्सव मनाउन आईतवार फ्रान्सको राजधानी पेरिस पुगेको छ । नारायणी टुडेका प्रकाशक , सम्पादक विरेन्द्रमणी पौडेल, संचारउद्यमी नविनराज पौडेल, कांँग्रेस नेता कैलाश कोइराला , जनसम्पर्क मञ्च वेल्जियमकी सीता सापकोटा सहित २१ जनाको टोलि त्यहांँ पुगेको हो ।
भोलि मंगलवार एक भव्य समारोहबीच बार्षिकोत्सव मनाइने टोलीका एक सदस्य नवीनराज पौडेलले जानकारी दिए । उनका अनुसार बार्षिकोत्सवका लागि आज त्यहांँ रहेका नेपाली संघस्थाका प्रतिनिधि, विशिष्ट व्यक्ति एवं व्यवसायीसंँग भेटघाट गरिनेछ । मंगलवार सो समारोहका प्रमुख अतिथि फ््रान्सका लागि नेपाली राजदुत लोक बहादुर थापा रहने पौडेलले बताए ।
बार्षिकोत्सवको बारेमा बताउंँदै सम्पादक पौडेलले बाहिरी देशमा गरिने यस्ता कार्यक्रमले यहांँको संस्कृति, समृद्धि र सभ्यता सिक्न सहयोग पुग्ने भएकोले यो अभ्यास थालिएको बताए । उनका अनुसार कार्यक्रमको समापन पश्चात टोलीले युरोपका अन्य केही देशको भ्रमण गरि नेपाल फर्किनेछ । नारायणी टुडेले गत बर्ष पत्रिकाको १८ औं बार्षिकोत्सव थाइल्याण्डमा मनाएको थियो ।
तपाइँको प्रतिक्रिया