काठमाडौं ,जेठ ६ – अशोक शर्माले निर्देशन गर्ने चलचित्र ‘रातो टिका निधारमा’ घोषणा गरिएको थियो । आइतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको घोषणा गरिएको हो ।अशोक शर्माले यस चलचित्र बाट छोरा अंकित शर्मालाई लिड रोलमा डेब्यु गराउदै छन् ।अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका छन् ।
चलचित्र ‘रातो टिका निधारमा’ अंकित सगै साम्राज्ञी राज्यलक्ष्मी शाह,निता ढुंगानाले रविन्द्र झा,बुद्दि तामाङ ,खुश्बु खड्का , बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।
आगामी दशैँमा रिलिज गरिने यस चलचित्रको छायाँकन जेठ १० गतेबाट सुरु हुनेछ । छायाँकनको सुरुवातमा चलचित्रको शिर्ष गीतलाई भव्य सेटमा खिचिने निर्देशक शर्माले जानकारी दिए । जसमा साम्राज्ञी र अंकितलाई फिचर्ड गरिनेछ । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहने छन । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन रहनेछ ।
