छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

जेष्ठ ५,चितवन । चितवनमा आज सांँझ भएको छुट्टाछुट्टै सवारी दुर्घट्नामा २ जनाको मृत्यु भएको छ । मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाईकल सोहि दिसातर्फ गइरहेको ना ६ ख ५९७१ नम्बरको ट्रकको पछाडी ठोक्किदा मोटरसाईकल चालक काठमाण्डौँ गोंगबु ८ का अनुप खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका २९ केराबारीमा साँझ ५ः५० बजे दुर्घट्नामा परी गम्भिर घाईते भएका खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा ६ ः १५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । यस्तै भरतपुर २९ सत्रकिलोमा भएको मोटरसाईकल दुर्घट्नामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ६३ प १४५८ नम्बरको मोटरसाईकल चालक काठमाण्डौँ महानगरपालिका ५ का २८ वर्षीय सेखर नगरकोटी रहेको प्रहरीले जनाएको छ । नगरकोटी सवार मुिग्लनबाट नारायणगढतर्फ गईरहेको मोटरसाईकल साँझ ५ बजे अनियन्त्रित भई दुर्घट्नामा परेको र सोहि दिसातर्फबाट गईरहेको ग १३ प ८५९० नम्बरको मोटरसाईकलसँग ठोक्किदा उनि गम्भिर घाईते भएका थिए ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ५ः ५० बजे मृत्यु भएको रेग्मीले जानकारी दिए । सो दुर्घटनामा परी नगरकोटीको मोटरसाईकलपछाडी सवार सोलुखुम्बु सल्लेरी नगरपालिका ७ का २५ वर्षीय सुसील घतानी र अर्को मोटरसाईकलका चालक तनहुँ भानु नगरपालिका ८ का २३ वर्षीय सुजन वजगाई घाईते भएका छन ।उनीहरु दुवैको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया