चितवन, जेठ ५ – ज्ञानेश्नर सावउस भरतपुर १६ चितवनले पछिल्लो सामयमा गरेका उपभोक्ता मैत्री एवं प्रकृति संरक्षण र पर्यटक आगमन बढाउने खालका कार्यक्रमले जताततै चर्चा बटुल्न थालेको छ ।
प्रकृति संरक्षण संगै पर्यटक भित्र्याउन ज्यु-ज्यान लगाएको समितिले आज विपन्न उपभोक्तालाई आयआर्जनमा सघाउन भैंसीका पाडी, गाईका बाच्छा र अटोरिक्सा वितरण गरेको छ । पशुपालन तथा लघु उद्यम कार्यक्रम अन्तर्गत पाडी, गाईका बाच्छा र अटोरिक्सा वितरण गरिएको हो ।
आज वितरण गरिएका सबै पशुको विमा समेत गरिएको छ । सावउसको आयआर्जन समितिकी संयोजक धन कुमारी पौडेलको अध्यक्षता एवं भरतपुर १६ का वडा अध्यक्ष चतुरमान गुरुङको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चतुरमान गुरुङले भरतपुर १६ लाई देश विदेशमा चिनाउन ज्ञानेश्नर सावउसको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कार्यक्रममा ज्ञानेश्नर सावउसका अध्यक्ष राजन अधिकारीले आयआर्जन समिति निक्कै सकृय भएर काम गरेकोमा धन्यबाद दिनुभयो । उहाँले निशुल्क पशुपक्षी विमाको कार्यक्रमले कृषकलाई उत्साहीत बनाएको समेत बताउनुभयो ।पूर्व परिषद प्रमुख नारायणप्रसाद अधिकारीले विपन्न बर्गका उपभोक्ताका लागि सावउसले यस्ता आयआर्जन मूलक कायक्रम ल्याउनु राम्रो भएको बताउनुभएको छ ।
उहाँले यस्तै उदाहरणीय काम गरेर ज्ञानेश्वरलाई देश विदेशमा चिनाउन र उपभोक्ता आत्मनिर्भर हुने वातावरण बनाउन आग्रह गर्नुभयो । फेकोवनका पूर्व अध्यक्ष सुरवीर पोख्रेलले वनले सहयोग गरेका सबै उपभोक्तालाई चिनाउने गरी सबैको घरघरमा बोर्डको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले पर्यटन पर्वद्धनमा विशेष ध्यान दिन वन समितिलाइ अनुराेध गर्नुभयाे ।
कार्यक्रममा पार्सद प्रमुख कमला पोख्रेल, उपाध्यक्ष कृष्णप्रसाद पौडेल, प्रेस युनियन चितवनका जिल्ला सदस्य सुदन पौडेललगायतले पर्यटन पर्वद्धनमा मूख्य भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रकाे उद्घाटन ताराकुमारी विकलाइ पाडी दिएर गरिएकाे थियाे । उक्त कार्यक्रममा ४२ जना विपन्न उपभाेक्ताले पाडापाडी एवं अटाे रिक्साका लागि सहयाेग पाएका थिए ।