माडीमा अन्डर सेभेन्टिन जुनियर कप फुटबल प्रतियोगिता हुँदै

चितवन, जेठ ५ – बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुनेभएको छ ।
आउँदो ज्येष्ठ ७ गतेदेखि बसन्तपुर बजारको खुला चौरमा १७ बर्ष मुनीका खेलाडीहरुको सहभागिता रहने सो खेल सञ्चालन हुनेछ ।
खेलको टिमदर्ता शुल्क रु २ हजार रहेको र खेलको प्रथम तथा दोश्रो पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्रको साथमा क्रमशः १० हजार र ५ हजार रहेको क्लबका अध्यक्ष नबिन बस्यालले बताए ।
खेलले मानिसको सोच तथा स्वास्थ्यमा सकारात्मकता ल्याउने भएको र उमेर समुह अनुसार खेलकुदको विकास गर्ने लक्ष्यका साथ खेल सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया