भ्रमण बर्ष २०२० लाई लक्षित गर्दैै ‘अम्ब्रेला स्ट्रीट’ को सञ्चालनको तयारी

सूर्यप्रसाद अधिकारी, जेष्ठ ५ , चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य मध्ये पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २२ को पटिहानीमा निर्माणाधीन अवस्थामा रहेको अम्ब्रेला स्ट्रीटको निमार्ण कार्यलाई तीब्रता दिइएको छ । नेपाल भ्रमणबर्ष २०२० लाई लक्षित गर्दै सञ्चालनको लागि तयारी तीब्र पारिएको हो ।
साढे तीन करोड लागत अनुमान गरिएको अम्ब्रेला स्ट्रीटको निर्माण कार्य आधा भन्दा बढी पुरा भईसकेको वडा अध्यक्ष विष्णुराज महतोले बताउनु भयो । उहांँका अनुसार हाल रेलिङ्ग हाल्ने, भुइमा कलात्मक ढुंगा विच्छाउने भ्यूपोइन्ट निर्माण लगायतको कार्य भइरहेको छ । शौचालय निर्माण कार्य, , गार्डेनिङ्ग गर्ने, सचिवालय भवन र अम्ब्रेला ल्याउने काम मात्र बाकी रहेको उहांँको भनाई छ । यसको लागि पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिकाबाट थप रकम प्राप्त भइसकेकोले निर्माण कार्य तीब्र पारिएको उहांँले बताउनु भयो । ‘पर्यटनबोर्डबाट ५० लाख, महानगगरबाट १५ लाख प्राप्त भइसक्यो, अर्को आर्थिक बर्षमा पर्यटन मन्त्रालय र प्रदेश मन्त्रालयबाट समेत बजेट निकासा हुदैछ ’उहांँले भन्नुभयो । यस क्षेत्रलाई चिनाउन र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले पनि अम्ब्रेला स्ट्रीटको निर्माण कार्य तीब्र पारिएको हो । हालसम्म पूर्वाधारको कामको लागि १ करोड ५० लाख रुपैयांँभन्दा बढी खर्च भइसकेको छ ।
विश्व पर्यटनको अभ्यासमा समेत अम्ब्रेला स्ट्रीट र वाकिङ्ग स्ट्रीट जस्ता पर्यटकीय केन्द्रमा पर्यटकको आर्कषण बढेकोले अम्ब्रेला स्ट्रीटको निर्माणकार्य थालिएको लागेको अध्यक्ष महत्तो बताउंँनुहुन्छ। नेपालमै पहिलोपटक अम्ब्रेला स्ट्रीटको अवधारणा ल्याइएको उहांँको भनाई छ । ‘ मोरिसस र थाइल्याण्डमा पर्यटकलाई आर्कषण गर्न यस्ता पोइन्ट सञ्चालनमा ल्याइएको देख्यौ, यस्ता खालका संरचनामा पर्यटकको आर्कषण बढी हुदोरहेछ’ उहांँले भन्नुभयो । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४सय ५० वटा ठुला फाइबरका छाता रहनेछन । छातामुनिबाट पर्यटकहरु हिड्ने , बस्न मिल्ने भएकोले पनि यसको नाम अम्ब्रेला स्ट्रीट राखिएको हो । पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ्ग पोइन्ट , सेल्फीगेट, पार्किङ्ग,महिला तथा अपाङ्ग मैत्री शौचालय रहने अध्यक्ष महत्तोले जानकारी दिनुभयो । हिडेर अम्ब्रेला स्ट्रीट भित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र कुनै सवारी साधन गुडाउन पाइने छैन । यहांँबाट सूर्योदय, सूर्यास्त,दुबै देख्न सकिने राप्ती नजिबाट देखिने वन्यजन्तु, हरियाली वातावरणको मजा लिदै पर्यटकले आनन्द लिनसक्ने उहांँले बताउनु भयो ।
स्ट्रीट निर्माण पूराभएपछि प्रशस्त मात्रामा पर्यटक भित्रिन सक्ने प्रदेश नम्बर ३ का सांसद रामलाल महत्तो बताउंँनुहुन्छ । ‘यो पर्यटनको हिसाबले बिल्कुलै नयांँ अभ्यास हो , यो निर्माण भएपछि पर्यटकको अत्याधिक फ्लो बढ्छ भन्ने अपेक्षा गरेका छौ’ उहांँले भन्नुभयो । ‘संभवत नेपालमै पहिलोपटक यहांँ अम्ब्रेला स्ट्रीट निर्माण गरिएको हुनाले पर्यटक र प्रकृतिसँग जोड्न मदत पुग्छ ।’उहांँले थप्नुभयो । पछिल्लो समय पर्यटन गतिविधि बढ्दै गएकोले पनि यस क्षेत्रमा ठूला ठूला होटल रिर्सोट समेत निर्माण हुने क्रम चलेको छ । उहांँका अनुसार बर्षेनी यस क्षेत्रमा २५ प्रतिशत भन्दा बढी पर्यटकको संख्यामा बृद्धि हुदै गएको छ । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा र नजिकै रहेको राष्ट्रिय निकुञ्जको कार्यालय र मेघौली सम्मको क्षेत्र लागि पनि मध्यभागमा पर्ने भएकोले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने उहांँले बताउनु भयो । यहांँ थारु, बोटे, मगर, जस्ता समुदायको सांस्कृतिक थलो बिशेष गरी पारिवारिक वातावरण र जोडीहरुलाई लक्षित गरी स्ट्रीट निर्माण गरिएकोले यसले जिल्लाकै पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने वातावरण संरक्षण तथा पर्यटन विकास समिति, पटिहानीका अध्यक्ष अपील घिमिरे बताउंँनुहुन्छ । अन्तराष्ट्रिय स्तरको १ सय २० मिटर लम्बाइमा छाताहरु लहरै राखिएको हुंँदा पर्यटकले यहांँ बसेर मनोरञ्जन लिनसक्ने हुनाले अम्ब्रेला स्ट्रीट पर्यटकको रोजाई बन्नसक्ने घिमिरेको बुझाई छ ।
चितवनको दोस्रो पर्यटकीय गन्तव्य रुपमा यस क्षेत्रलाई चिनिदै आएको छ । यस क्षेत्रमा दुईदर्जन भन्दा बढी साना ठुला होटल,रिर्सोट सञ्चालनमा छन । विशषेगरी यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुंगा सफारी , जंगल सफारी गर्न पाउनुको साथै घडियाल प्रोजेक्ट, गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सक्दछन ।
तपाइँको प्रतिक्रिया