बुद्धको अस्टधातु दर्शनको लागि शाश्वतधाम खुल्ला

जेष्ठ ४, नवलपुर ।शान्तिका अग्रदुत गौतमबुद्धको २५२६ औं जयन्तीको अवसरमा पूर्वी बुद्धको अस्टधातु सर्बसाधरणहरुलाई दर्शनको शाश्वतधाम खुल्ला गरिएको छ । बुद्ध जयन्तीको अवसरमा आज श्रीलङका सरकारबाट प्राप्त बुद्धको अस्टधातु चैतेगुम्बा भित्र प्रतिस्थापित गरी राखिएको थियो । प्रत्येक वर्ष झै यो वर्ष पनि वुद्ध जयन्तीको अवसरमा सर्बसाधारणहरुलाई दर्शनको लागि खुल्ला गरिएको सिजिआईपिका महाप्रबन्धक नारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी अस्टधातु सर्वधारणरको दर्शनका लागि खुल्ला गरिएको छ भने वुद्ध जयन्तीकै अवसर पारी २० वटा वुद्धका कलात्मक तस्विरहरु समेत प्रर्दशनीमा राखिएको छ ।
आजको बिशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपकराज नेपालले अहिले मुलुकमा समानता भन्दा असमानता प्रति ध्यान दिदा कहि कतै धर्मसंग जोडिएर समस्याहरु आएको भन्दै शाश्वतधामले धार्मिक सहिष्णुता कायम गरेको बताउनुभयो । धार्मिक एकता कायम गर्न हिन्दु धर्म मान्नेले बुद्धको पनि दर्शन गर्न पाउने र बुद्धको दर्शन गर्दा हिन्दु धर्मको विषयमा बुझन पाउने वातावरण शाश्वतधाममा मात्रै भएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । ‘नेपालले धर्मको नाममा अब विवाद होईन एक आपसको समानता खोजि सबै नेपाली विकासमा लाग्नुपर्छ’ उहांँले भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप्रमुख शारदा विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट सहज सामुदायिक फाउन्डेसनका अध्यक्ष करुणा सागर सुवेदी, चित्रकार भिमप्रसाद शर्मा लगाएतको सहभागिता रहेको थियो । कसो अवसरमा सहभागी सम्पूर्णले बुद्धको संग्रहालय र वुद्धको ईतिहास संग जोडिएको तस्विरहरुको अवलोकन गरेका थिए ।
तपाइँको प्रतिक्रिया