इन्द्रेणी कलेजद्धारा वृद्धवृद्धालाई झूल वितरण

चितवन, जेष्ठ ४, ईन्द्रेणी कलेज भरतपुरले आज देवघाटको वृद्धाआश्रमका वृद्धवृद्धालाई झूल वितरण गरेको छ । बुद्ध पुर्णिमाको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन अन्र्तगते देवघाट समाज केन्द्र वृद्धाश्रममा झुल वितरण गरेको हो । गर्मीयाम लागेसंँगै लामखुट्टेको टोकाईबाट उनीहरुलाई जोगाउन र रोगको संक्रमण हुन नदिन कलेजका सहप्राध्यापक विनय गुप्ताले जानकारी दिए । उनका अनुसार वृद्धाश्रमका ३२ जना वृद्धवृद्धाहरुलाई प्रतिव्यक्ति एक थान झुल वितरण गरिएको हो । यसका साथै कलेजले सरसफाईका निम्ति आवश्यक पर्ने साबुन र अन्य सरसफाइजन्य सामग्री र नगद समेत प्रदान गरिएको गुप्ताले बताए । कार्यक्रममा कलेजका कर्मचारी, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो्र ।
कलेजले यसअघि वातावरण स्वच्छ राख्न वृक्षरोपण, सार्वजनिक स्थानको सरसफाई गर्ने जस्ता कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ्र ।
तपाइँको प्रतिक्रिया