स्वदेशमै दुई युवाले खोले ईञ्जिनियरिङ्ग वर्कशप

सुर्य बराल,चितवन । जेठ ४ । दैनिक हजारौं युवाहरु विदेश पलायन भैरहेको बर्तमान अवस्थामा नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ भरतपुरका २ जना युवा मिलेर भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा गौतमबुद्ध ईञ्जिनियरिङ्ग वर्कशप सञ्चालनमा ल्याएका छन् ।
गोर्खा अजिरकोट गाउपालिका वडा नम्बर १ भच्छेकका रबि शेर्पा र चितवन भरतपुर ११ भोजाडका अनिल तामाङ्ग मिलेर स्टिलबाट बन्ने सामाग्रीहरुको गौतमबुद्ध ईन्जीनियरिङ्ग सञ्चालनमा ल्याएका हुन । २ कठ्ठा क्षेत्रफल भएको जग्गामा वर्कशप बनाई उनीहरुले डेरी तथा किचन सम्बन्धी स्टिलनेश ईन्जीनियरिङ्ग वर्कशप सञ्चालनमा आएको हो ।
करिब ५० लाख लगानीमा खोलिएको उक्त वर्कशपमा दश जनाले रोजगारी पाउने उधोगका प्रबन्ध निर्देशक रवि शेर्पाले जानकारी दिए । उद्योग बारे जानकारी दिदै आज उद्योग परिषरमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक शेर्पाले स्वदेशमै केही गर्ने सोंचका साथ आफ्नो सीपको सदुपयोग गर्न उधोग सञ्चालनमा ल्याएको बताए ।
वर्कशपमा केही स्थानियलाई रोजगारी समेत प्रदान गर्नुको साथै डेरीको लागी आवश्यक चिलिङ्ग भ्याट कोल्डरुम, हुमनाईजर क्रिम सेभे्रटर, चिलर, रोड मिल्क टंयाक साथै होटल रेष्टुरेण्टका टेबल, कुर्चि र हिटिङ्ग एण्ड कुलिङ्ग सम्बन्धी सम्पूर्ण स्टिलनेश स्टिल सामाग्रीहरु उत्पादन तथा मर्मत सम्भार गर्ने उनले जानकारी दिए । उद्योगका अर्का सञ्चालक अनिल तामाङ्गले गुणस्तरीय उत्पादन र छिटो छरितो सेवा प्रवाह गर्दै उपभोक्ताको मन जित्ने आफू प्रतिबद्ध रहने बताए ।
। बिगत ८ बर्षदेखि बिभिन्न कम्पनीमा अनुभव बटुलेका युवाहरुले सञ्चालनमा ल्याएको उद्योग साना तथा घरेलु उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय र भरतपुर महानगरपालिकामा दर्ता गरिएको छ ।
युवाहरु बिदेश पलायन भईरहेको बर्तमान समयमा भोजाडका यी दुई युवाले थालेको काम समाजको लागी उदाहरण बन्न सक्छ । युवाहरुको यस्तो कार्यमा हौसला प्रदान गर्न सके मुलुकमा बिस्तारै समृद्धितिर लम्कन मदत पुग्दछ ।
तपाइँको प्रतिक्रिया