बुद्ध पूर्णिमाका लागि झकिझकाउ लुम्बिनी

एटुजेड समाचार

 

जेष्ठ २, लुम्बिनी-२५६३औं बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी क्षेत्रलाई झकिझकाउ पारिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनीलाई दीप प्रज्ज्वलन तथा झाँकीले सजाइएको हो।

शनिबार बिहान ११ बजे बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको मूल समारोह कार्यक्रम आयोजना हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश ५का उद्योग वाणिज्य, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी लगायत स्वदेशी विदेशीका विशिष्ट महानुभावहरुको सक्रिय सहभागिता रहने निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।

प्रधानमन्त्रीले शनिबार बिहान भिक्षुहरुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।

 

बुद्ध पूर्णिमाको अवसर पारेर शनिबार रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई मायादेवी छात्रवृत्तिस्वरुप ५–५ हजारका दरले छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ।

यस्तै शनिबार नै लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन्।

२५६३औं बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको मूल समारोह र लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भको कार्यक्रम राष्ट्पति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भोलि बिहान ११ बजे शुरु हुने कार्यक्रम तय भएको छ।

यसपटक प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रूपमा बुद्ध पूर्णिमा मनाउने निर्णय गरेका छन्। प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।देशसञ्चारबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु