चितवन,जेठ ३ –त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा प्रियंका कार्की, आयुषमान देशराज जोशी र विशाल खरेल विचको प्रेमलाई देखाउन खोजिएको छ ।विशाल खरेलले यसै चलचित्र मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई संजय न्यौपानेको निर्माण गरेका हुन् । रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा. कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।चलचित्र जेष्ठ ३१ गतेबाट प्रदर्शनमा आउदै छ ।
