प्रहरीको गोलीबाट दस गजा क्षेत्रमा एक भारतीयको मृत्यु

एटुजेड समाचार

 

जेष्ठ २,रुपन्देही- दस गजा क्षेत्रमा गस्ती गरिरहेको नेपाल प्रहरीको टोलीको गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

दस गजा क्षेत्रमा गस्ती गरिरहेका बेला एक शंकास्पद भारतीय धिनक धोबीलाई पक्राउ गरेपछि भारतीय क्षेत्रमा आएका करिब १५ जनाको टोलीले धोबीलाई प्रहरीहरुबाट छुटाउने प्रयास गरेका थिए।

रुपन्देहीका एसपी हृदय थापाका अनुसार भारततिरबाट आएका ती व्यक्तिहरुको समूहले धानुकसहित नेपाली सुरक्षाकर्मीहरुको टोलीलाई समेत कब्जामा लिने प्रयास गर्दा सादा पोशाकमा रहेका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले गोली चलाएका थिए।

सिद्धार्थ नगरपालिका १० स्थित शंकरपुर नाकाको दस गजामा बिहीबार दिउँसो यस्तो घटना भएको एसपी थापाले जानकारी दिए।

गोली प्रहारबाट घाइते भएका धोबीको भारतको महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु