नक्कली शैक्षिक प्रमाणपत्रको भरमा बढुवा

जेष्ठ २,काठमाडौं । मोरङमा नक्कली शैक्षिक प्रमाणपत्रको भरमा बढुवा भएको पाइएको छ । बुढीगंगा गाउँपालिकामा गाउँ कार्यपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इन्जिनियर चन्द्रनारायण चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो ।
चौधरीको नक्कली प्रमाणपत्रको आधारमा बढुवा भएको पाइएपछि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
इन्जिनियर चौधरीले बिहार विद्यालय परीक्षा समिति, पटनाबाट एसएलसी पास गरेको झुटा विवरण पेस गरी जागिर खाएका र बढुवा भएको भेटिएको हो ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।
तपाइँको प्रतिक्रिया