भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान, तीन प्रहरी घाइते

एटुजेड समाचार

 

जेष्ठ २,काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रदेश ५ का डीआईजी पीताम्बर अधिकारीले जानकारी दिएका छन् ।

हतियारसहित नेपाल प्रवेश गर्न लागेका भारतीय हतियारधारी समूहलाई प्रहरीले रोक्न खोजेपछि उनीहरुले नेपाल प्रहरीमाथि गोली प्रहार गरेको थियो । त्यसको जवाफी फायरिङका क्रममा घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

भारतीय समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने उनको साथबाट एक थान अटोमेटिक पेस्तोलसमेत बरामद गरिएको डीआईजी अधिकारीले जानकारी दिए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू