जेठ २ – आफ्नो भाइलाई भेट्न गएकी एक नेपाली महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । काठमाडौँबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी दिल्ली प्रहरीले जनाएको छ । दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
पीडित महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छन् । ‘२४ वर्षीया नेपाली महिला गत शनिबार दिल्ली पुगेर मुम्बाईको रेल चढ्न जाँदै थिइन् तर उनी ठाउँमा नपुग्दै रेल स्टेशनबाट रेल छुट्यो’ उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘दिल्लीद्वार नजिकको बजारमा उभिरहँदा एक जना पुरुषसँग भेट भयो, उसले सहयोग गर्ने प्रतिबद्धता जनायो ।
’ती पुरुषले प्रतिबद्धता जनाएपछि युवती ती पुरुषसँग नजिक भइन् । उनीहरुबीच चीनजानी भयो । नेपाली युवतीलाई ती पुरुषले एउटा घरमा लिएर गए । ‘घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्दै तीन जना साथीलाई बोलाएर पालैपालो बलात्कार गरे’ युवतीले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बलात्कृत भैसकेपछि उनी लरखराउँदै पछिल्लो रेलमा चढेर मुम्बईसम्म युवती आइपुगेकी प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। (एजेन्सी)