१५ वर्षीया बालिका बेपत्ता

एटुजेड समाचार

इलाम, जेठ २ – एक महीनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

उक्त दिन दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ । (रासस)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु