सम्बन्धबिच्छेद गर्नेको संख्या बढ्याे

जेठ २ – अर्घाखाँचीमा सम्बन्धबिच्छेद गर्नेहरु बढेका छन् । सम्बन्ध बिच्छेद गर्नेमा ८० प्रतिशत भन्दा बढि ३० वर्ष भन्दा मुनिका छन् । र पछिल्लो समय पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि निवेदन दर्ता गर्न थालेका छन् । यो आर्थिक वर्षको साउन देखि चैतसम्म जिल्ला अदालत अर्घाखाँचीमा २ सय ४३ मुद्दा दर्ता भएकोमा १ सय ९ वटा सम्बन्ध बिच्छेद्का छन् ।
जिल्ला अदालत अर्घाखाँची श्रेस्तेदार गम्भीर घिमिरेले एकसय २४ वटा मुद्दा फस्र्यौट भइसकेको जानकारी दिए । भदौ १ गतेदेखि मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा २९ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । वैदेशिक रोजगारी, छिटो विवाह, असिमित चाहना र मन नमिल्नाका कारण सम्बन्ध बिच्छेद हुने गरेको देखिएको छ ।
सूचना प्रविधिको दुरुपयोगले पनि सम्बन्ध बिच्छेदका घटना बढाएको अधिवक्ता जगन्नाथ भुसाल बताउछन् । परिपक्क उमेरमा विवाह गरे, आत्मनिर्भर बन्न सजिलो हुनुका साथै सम्बन्ध बिच्छेद्का घटनामा पनि कमी आउने समाजशास्त्रीहरु बताउँछन् ।
(रासस)


तपाइँको प्रतिक्रिया