एसिड प्रहार गरिएकी युवतीको अवस्था चिन्ताजनक

जेष्ठ १,काठमाडौ-आफ्नै श्रीमान्ले एसिड प्रहार गरेर गम्भीर अवस्थामा पुगेकी युवतीलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको पमहानगरीय प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
बनेपा बस्दै आएका विष्णु भुजेलले त्यहाबाटै एसिड बोकेर ल्याएको र कालोपुलस्थित माइतीमा बस्दै आएकी श्रमतीलाई काम छ भनी बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
रक्सी सेवन गरेर आएका भुजेलले पत्नीसँगको मनमुटावका कारण एसि प्रहार गरेको जानकारी प्रहरीसँगको प्रारम्भीक बयानमा दिएका छन्। अनहार, छातीलगायत शरीरका महत्वपूर्ण भागमा जलेर हेर्नै नहुने भएकी युवतीको अवस्था चिन्ताजनक रहेको प्रहरीले दिउको दिएको छ भुजलले ती सँग ६ वर्षअघि नै भगाएर बिहे गरेका थिए।


सम्बन्धमा कटुता आएपछि ती युवती कालोपुलस्थित माइतीमा बस्दै आएकी थिइन्।देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया