काठमाडौंको कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार , थप उपचारका लागि किर्तिपुर रिफर

एटुजेड समाचार

 

जेष्ठ १,काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको खुलासा भएको छ । कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेको खुलेको हो ।

उनलाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट बुधबार राति नै पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् । पक्राउ परेका भूजेललाई महानरीय प्रहरी परीसर काठमाडौं लगिएको छ ।

एसिड प्रहारको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो । अहिले थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको ओम अस्पतालले जनाएको छ ।

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ । बाह्रखरीबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु