नवलपरासीको ईन्दिरा सुगरमिलमा उखु इन्ट्री बन्द

सहबान अन्सारी,जेष्ठ१,नवलपरासी . नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले आजबाट उखु इन्ट्री तत्कालको लागि बन्द गरेको छ । आज उद्योगले एक सूचना जारी गर्दै यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने जनाएको हो ।
उद्योगका अनुसार मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५र०७६ मा समापन गर्ने छ ।
तर किसानहरु खेतमा करिब १५ बिगाहा क्षेक्रलमा मा करिब एक लाख क्विन्टल ऊखु क्रसिङ्ग हुन बाकी रहेकोले यस बर्ष मिल बन्द गरिने भएपछि असन्तुष्टी जनाएका छन । किसानहरुलाई नेपाल सरकारको प्रचलित दर रेट अनुसार क्षतिपुर्ती ब्यहोर्नु पर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो ।
ईन्दिरा सुगर मिलले यस बर्ष हाल सम्म करिब ३ लाख ५२ क्विन्टल उखु क्रसिङ्ग गरिसकेको र यार्ड भित्र रहेको करिब २५ हजार क्विन्टल क्रसिङ्ग गरि मिल बन्द गरिने मिलका बिक्री प्रमुख दुर्गा प्रसाद चतुर्वेदीले बताऊनु भयो ।
यो बर्ष चिनीमिलहरु करिब दुई महिना ढिला संचालनमा आएको हुदाँ किसानहरुलाई निकै समस्या भोग्दै आएका छन ।
तपाइँको प्रतिक्रिया