भरतपुर अस्पतालका मेसु फेरिए, नयांँ जिम्मेवारीमा डाक्टर बगाले

चितवन, १ जेठ । चितवनस्थित भरतपुर अस्पतालमा आजबाट मेडिकल सुपसरटेण्डेण्ट फेरिएका छन । जसअनुसार मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी डाक्टर विश्ववन्धु बगालेले पाएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा। बगालेलाई सो जिम्मेवारी दिएका हुन् ।
बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा बगाले मे सु समूहका १० औँ तहका चिकित्सक हुन् ।
मन्त्री यादवले आठ महिना अघि मात्रै सो अस्पतालको मेसुमा वरिष्ठ हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा। कृष्ण पौडेललाई नियुक्ति गरेका थिए ।
त्यसअघि सो अस्पतालको जिम्मेवारी डा रविन खड्काले पाएका थिए । मेसु भएको चार महिनामै डा। खड्कालाई हटाएर मन्त्री यादवले पौडेललाई सो जिम्मेवारी दिएका थिए ।
तपाइँको प्रतिक्रिया