काठमाण्डु, १ जेठ – नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा अर्को नयाँ गीत ‘यता मेरो रगतले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
वैदेशिक रोजगारको लागि गएका युवाले निर्दोष हुदाँ दुस्ख पाएको भावलाई प्रस्तुत गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका छन् ।
भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेको हुन् । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।