देशको वर्तमान अवस्था माथिको कडा प्रहार ‘बिग्रियो देश’ (भिडियो सहित)

चितवन, जेष्ठ ०१ – देशको वर्तमान अवस्था माथि कडा प्रहार गरेको नेपाली लोक दोहोरी गीत ‘बिग्रियो देश’ सार्वजनिक भएको छ । सार्वजनिक गीतले देशमा मौलाएको भ्रष्टचार, बलात्कारको बिषयलाई उठाएको छ ।
यस्तै गीतमा युवा बेरोजगारको कथा पनि रहेको छ । योग्यता भन्दा पनि नाताबाद र कृपाबादको आधारमा जागिर दिने प्रचलनलाई पनि गीतले कडा प्रहार गरेको छ । पढेर पनि देशमा जागिर नपाउदा बिदेशिन वाध्य युवाहरुलाई पनि गीतले समेटेको छ । गीतको माध्यमबाट सरकारलाई खबरदारी गर्ने प्रयास गरिएको छ ।
देशको वर्तमान अवस्थालाई नै उठान गरिएको गीतको शब्द गोबिन्द बिसीले लेखेका हुन् । गीतमा संगीत पनि उनकै रहेको छ । गीतमा संगीत संयोजन भने सागर बिरहीको रहेको छ । संचारकर्मी राजु श्रेष्ठको प्रस्तुती ‘बिग्रियो देश’ बोलको गीतमा श्रेष्ठ सँगै गोबिन्द बिसी, अर्जुन पुलामी मगर, हिम कुमार थापा, रोशन राना, पदम पुलामी मगर, नजर सुबेदी, तुलशी घर्ती र करुना रिजालको आवाज रहेको छ ।


चितवन र नवलपरासीको बिभिन्न ठाउँमा छायाँकन गरिएको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया