काठमाडौमा नेपाल-भारत लगानी एक्स्पो हुने

एटुजेड समाचार

 

बैशाख३१,काठमाडौं । काठमाडौंमा  नेपाल-भारत लगानी एक्स्पो आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रेन्चाईँज कम्पनीको संयुक्त आयोजनामा जेठ १ र २ गते एक्स्पो हुने भएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सम्मेलनको दोस्रो दिन प्रधानमन्त्री केपीशर्मा ओलीले एक्स्पोको औपचारिक उद्घाटन गर्ने छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले एक्स्पोमा दुबै देशका करिब ६० वटा ब्राण्डेड कम्पनीले भाग लिने जानकारी दिइन् ।

जहाँ नेपालमा उद्यम विकासको मार्गचित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू