बैशाख ३१,चितवनः कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजे आँफुहरु मुकदर्शक भएर नबस्ने बताउनु भयो । पत्रकारहरु संग आज कुराकानी गर्दै उनले संबिधानमानै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको बताउनु भयो ।
अरु अधिकारलाई पूर्ण नभनिएको भन्दै उहाँले प्रेसलाई कुनै प्रकारको संकुचित नहोस भन्ने उदेश्यले पूर्ण प्रेस स्वतन्त्रता राखिएको बताउनु भयो । संबिधानका मस्यौदाकार समेत रहेका पोख्रेलले भन्नुभयो “सरकारका कुनै काम कारवाहि निर्णयले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने कुनै काम कारवाहि निर्णय भएको रहेछ भने हामी मुकदर्शक भएर वस्दैनौ ।” पोख्रेलले थप्नुभयो “संसदले त्यस कानुनलाई पूर्ण प्रेस स्वतन्त्रता मैत्री हुने गरि सम्बृद्ध र परिस्कृत गर्ने छ ।”
सुचना, संञ्चार तथा बिज्ञान प्रबिधि मन्त्रालयले हालै संसदमा मिडिया काउन्सील बिधेयक दर्ता गरेको छ । सो बिधेयक अब संसदमा पेस हुँदै छ । त्यसमा सैदान्तिक छलफल पछि संसदको बिकास समितिमा जाने छ । पोख्रेलले सो बिधेयक आफ्नो समितिमा नआउने भए पनि प्रेस स्वतन्त्रता बिरोधी देखिएमा आँफुले संसोधन हालेर परिस्कृत गराएर छाड्ने बताउनु भयो ।
