पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरीको मृत्यु, १२ घाइते

इस्लामाबाद, बैशाख ३१ – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन् ।
सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए । प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताउनुभयो ।
मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो । उहाँले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन ९रिमोट कन्ट्रोल० बाट बिस्फोट गराएको देखिएको बताउनुभयो ।
निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चारवटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ । (रासस/सिन्ह्वा)
तपाइँको प्रतिक्रिया