चितवनमा चैतेधानको उत्पादकत्व बढ्ने प्रक्षेपण

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी,बैशाख ३१,चितवन ः मौसम अनुकल भएसंँगै यस बर्षको चैतेधानको उत्पादकत्व बढ्ने प्रक्षेपण गरिएको छ ।
कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार गत बर्ष करिब ४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भए पनि यस बर्ष ४ दशमलव २ मेट्रिक टन बढी उत्पादकत्व बढ्ने अनुमान गरिएको छ । कार्यालयका बाली विकास अधिकृत माधव पौडेलले धान रोप्न शुरु भएदेखि नै प्रशस्त बर्षा, सनलाईट भएकोले यस बर्ष धानको उत्पादकत्व बढ्ने बताउनु भयो ।
उहांँका अनुसार पछिल्लो समय कृषकहरुले नहर तथा बोरिङको माध्यमबाट सिंचाई सुविधा पाएकोले पनि धानको उत्पादन बढ्ने अनुमान गरिएको हो । ‘गत बर्ष चैतेधान १८ हजार ४ सय मेट्रिक टन उत्पादन भएको थियो, यसबर्ष अझ बढ्नेछ’ उहांँले भन्नुभयो । कार्यालयले दिएको जानकारी अनुसार बर्षेधानको उत्पादकत्व भन्दा चैतेधानको उत्पादकत्व बढ्ने गर्दछ ।
बर्षेधान सबै स्थानमा सबै प्रकारका बीउ रोपिने हुनाले उत्पादन बढे पनि उत्पादकत्व कम हुने पौडेलले बताउनु भयो । उहांँका अनुसार जिल्लामा बर्षेधान ३१ हजार ९ सय हेक्टरमा र चैतेधान ५ हजार हेक्टरमा लगाउने गरिन्छ । सिंचाइको सुविधा बढेसंँगै चैतेधान रोप्ने कृषकको संख्या र क्षेत्रफल बढेको बताउनु हुन्छ, कार्यालयका कृषि अर्थविद रामराजा पौडेल । उहांँका अनुसार चैतेधानमा विभिन्न उन्नत जातका धानका बीउको साथै बोरिङबाट सिँचाई गर्ने कृषकहरु बढेकोले उत्पादन र उत्पाकत्व दुबै बढ्नेछ ।

‘हालसम्म रोगको प्रकोपसमेत केही देखिएको छैन’ उहांँले भन्नुभयो, ‘यसपटक धानको उत्पादकत्व बढ्छ ।’ जिल्लाको आधा जसो क्षेत्रफल ओगटेको भरतपुर महानगरपालिकामा पनि चैतेधानको उत्पादकत्व बढ्ने प्रक्षेपण गरिएको छ । भरतपुर महानगरपालिकाका कृषि शाखाका अधिकृत विनोद लामिछानेले क्षेत्रफल नबढे पनि यसपटक चैतेधानको उत्पादकत्व बढ्ने अनुमान गरिएको बताउनु भयो ।
‘भरतपुर महानगरका शहरी क्षेत्र वरिपरि प्लटिङ धेरै भएको छ, तर गाउंंँ क्षेत्रतिर भने चैतेधान लगाउने कृषक बढेका छन्’ उहांँले भन्नुभयो । हालसम्म रोगको प्रकोप नदेखिएकोले उत्पादकत्व बृद्धि हुने अपेक्षा गरेको उहांँको भनाई छ । जिल्लाको चैतेधानको पकेट क्षेत्र रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा समेत चैतेधान राम्रो भएको बताइएको छ ।
राप्ती नगरपालिकाका कृषि अधिकृत श्रीकृष्ण न्यौपानेले राप्ती नगरपालिकाका क्षेत्रहरुमा गत बर्षभन्दा १० प्रतिशत चैतेधानको उत्पादन बढ्न सक्ने बताउनु हुन्छ । ‘हालसम्मको अवस्था हेर्दा राप्तीमा १० प्रतिशतले उत्पादन हुने आंकलन छ’ उहांँले भन्नुभयो, ‘यसपटक क्षेत्रफल पनि बढेकोले उत्पादकत्व र उत्पादन दुबै बढ्छ ।’
उहांँका अनुसार राप्तीमा चैतेधान ९ सय ५० हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ भने गत बर्ष यहांँ ३ हजार ४ सय मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । उत्पादकत्व बढ्ने हुनाले जिल्लामा चैतमा बिशेषगरी हर्दिनाथ १, १४४२ जिरी जातका बीउ लगाउने गरिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु