अन्तर्वातामा पत्रकारले मन्त्री यादवको अपमान गरेको समाजवादी पार्टीको आरोप

एटुजेड समाचार

काठमाण्डौ, बैशाख ३० – समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको पार्टीले जनाएको छ ।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै आइतबार राति ९.०० बजे एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको लाइभ अन्तर्वार्ताका पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको जनाइएको छ ।

विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको क्षेत्रीय कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु