राजधानी र प्रदेशको नामाकरण नभएसम्म कांग्रेसले संसद चल्ने नदिने

काठमाडौं, वैशाख ३० – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ ।राजधानी र प्रदेशको नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै कांग्रेस सांसदहरुले बैठक अवरोध गरेका हुन् ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हानसम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाको पत्र पढेर सुनाए पछी प्रदेशसभामा भएका दलका प्रतिनिधिले सम्बोधन गरेका थिए ।त्यसपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक मंगलबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।
तपाइँको प्रतिक्रिया