मिस एसइई स्टार चितवनको रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न

चितवन, बैशाख ३० – एसपायर मिस एसइई स्टार चितवन २०१९ को आयोजनामा रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल डायरिज प्रालिद्धारा आयोजना गरिएको एसपायर मिस एसइई स्टार चितवन २०१९ ले भरतपुरको लायन्चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।उक्त कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
बैशाख ७ गतेदेखि सुरु भएको एसपायर मिस एसइईमा २२ जना प्रतियोगी सहभागी छन् । उनिहरुको नियमित तयारी कक्षा संचालन भइरहेको छ ।प्रतियोगिताको फाइनल जेठ २४ गते हुने नेपाल डायरिजका निर्देशक अनिल घिमिरेले जानकारी दिए । उनले प्रतियोगिता मार्फत किशोरीहरुको व्यक्तित्व र क्षमता विकास हुने बताए । मिस एसइई स्टारको यो तेस्रो संस्करण हो ।
एसपायर मिस एसइई स्टारका विजेताले अक्सफोर्ड कलेजमा कक्षा ११ मा पूर्ण छात्रवृत्ती र फस्ट रनरअपले ७५ प्रतिशत र सेकेण्ड रनरअपले ५० प्रतिशत र विभिन्न बिधाका विजेताहरुले ३० प्रतिशत छात्रवृत्ती प्राप्त गर्नेछन् । साथै अन्य पुरस्कारको पनि व्यवस्था गरिएको घिमिरेले जानकारी दिए ।


तपाइँको प्रतिक्रिया