बन्ने भयो’होस्टेल ब्याक अगेन’

बैशाख ३० – अहिलेका स्टार नायक अनमोल केसीले डेब्यु गरेको चलचित्र ‘होस्टेल’ को सिरिज बन्ने भएको छ । अनमोललाई नेपाली चलचित्र क्षेत्रमा चिनाउन सफल चलचित्र ‘होस्टेल’ को तेस्रो सिरिज बन्ने पक्का भएको हो । सुपरहिट फिल्म ‘होस्टेल’ पछी ‘होस्टेल रिटर्न्स’ निर्माण भएको थियो । अब भने यसको तेस्रो सिरिज ‘होस्टेल ब्याक अगेन’ बन्न लागेको हो ।
यो फिल्मलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनले यही चलचित्रबाट निर्देशनमा पनि हात हाल्न लागेका हुन् । यस अघीका ‘होस्टेल’ लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ लाई सुरज भुषालले निर्देशन गरेका थिए ।
अमेरिकामा छायांकन हुने भनिएको चलचित्रको अहिले स्क्रिप्टको काम भईरहेको छ । चलचित्रमा निर्देशक रावलकै कथा रहनेछ । दुर्गेस फिल्मस् र काफिया फिल्मस्को ब्यानरमा निर्माण हुने उच्च शिक्षा अध्ययनका लागी अमेरिका पुगेर होस्टेलमा बसेका युवाहरुको कथा रहनेछ । फिल्मका कलाकार भने फाइनल भएको छ ।


चलचित्रमा यस अघीका सिरिजका कुनै पनि कलाकार नदोहोरिने बताईएको छ । चलचित्रमा विद्यार्थीको रुपमा अमेरिकामा नै अध्ययन गरिरहेका नेपालीहरुको अभिनय रहने बताईएको छ । उनीहरुका लागि ‘होस्टेल ब्याक अगेन’ डेब्यु हुनेछ । यस अघीका दुई सिरिज मुख्य भूमिकामा रहेका कलाकारहरुको लागि डेब्यु नै रहेको थियो ।
तपाइँको प्रतिक्रिया