बैशाख ३० – जेठ १७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर कमेडी र सस्पेन्सले भरिपूर्ण रहेको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहरी र भोलाराज सापकोटालाई बिद्यालयको बिद्यालयको शिक्षकको भूमिकामा देखाईएको छ भने अभिनेत्री निशा अधिकारीलाई अङ्रेजी शिक्षिकाको रुपमा देखाईएको छ । यस्तै अभय बराललाई भने कार्यालय सहयोगीको भूमिकामा देखाईएको छ ।
सार्वजनिक ट्रेलरमा गौरभ, भोलाराज र अभय तिनै जना नायिका निशा अधिकारीको पछि परेको देखाइएको छ ।निर्माण भएको लामो समयपछि प्रदर्शनको तयारीमा रहेको चलचित्रमा भोला राज सापकोटा, निशा अधिकारी, गौरव पहाडी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ


चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।चलचित्रलाई क्षितिज बस्नेत, चित्र बहादुर घर्ती मगर चुप्निधी रिजालले निमार्ण गरेका हुन् । रोम ओली कार्यकारी निर्माताका रहेको ‘कुम्भ करण’ गिरप्रसाद घर्ती मगर र विजय श्रेष्ठ चलचित्रका सह निर्मता हुन् ।
हरि घले लामाले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको कथा, पटकथा महेश दवाडीले तयार पारेका छन् ।एउटा गाउँमा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको बिषय बस्तुमा चलचित्र निर्माण गरिएको हो । चलचित्रको ‘कुटु कुटु’ बोलको गीत निकै चर्चित रहेको छ ।