गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोगार्थ नेबिसंघको भलिवल प्रतियोगिता
चितवन, बैशाख ३० – गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोगार्थ नेपाल विद्यार्थी संघ भरतपुर १४ को आयोजनामा खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । भरतपुर १४ हनुमाननगरको खेल मैदानमा हुनेप्रतियोगिता जेष्ठ १ गतेबाट ४ गते सम्म हुने भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक नेपाल विद्यार्थी संघ भरतपुर १४ का सभापति विजय मल्लले नेबिसंघलाई विद्यार्थी केन्द्रित भन्दा पनि राजनितिक स्वार्थ केन्द्रित भएको भन्ने आरोप लागिरहेकोले त्यसलाई चिर्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् ।’नेबिसंघ केबल राजनितीक स्वार्थ केन्द्रित छैन, हामी विद्यार्थी केन्द्रित छौ, तर पछील्लो समय हाम्रो आलोचना भईरहेको छ उनले भने, त्यसैले हामीले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोगार्थ यो भलिवल प्रतियोगिता आयोजना गर्न लागेका हौ ।’ प्रतियोगिताबाट उठेको रकम मध्य खर्च कटाएर बाँकी रहेको रकम जिल्ला भरका बिभिन्न बिद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थीहरुको शक्षामा खर्च गरिने मल्लले जनकारी दिए ।
चितवनमा नेबिसंघ वडा समितीको आयोजनामा हुन गईरहेको ईतिहासकै पहिलो भलिवल प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने मल्लले जानकारी दिए । प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासी, तनहुँ र काठमाडौंका टिमहरुको सहभागीता रहनेछ ।प्रतियोगितामा केही राष्ट्रिय टिमहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।प्रतियोगिताको तयारी तिव्र गतीमा भईरहेको समेत आयोजकले जनाएको छ ।
चार दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपबिजेताले ३१ हजार १ सय ११ सहिद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वना हुने दुई समुहले समान १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने खर्च व्यवस्थापनका लागि आर्थिक समिती गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि बिभिन्न व्यवसायिक संघ संस्थाहरु, सामाजिक व्यक्तित्व तथा नेपाली काङ्रेस निकट नेता तथा जनप्रतिनिधीबाट आर्थिक सहयोग प्राप्त भएको नेबिसंघ जिल्ला सह सचिव प्रकाश ढुङ्गानाले बताए ।
तपाइँको प्रतिक्रिया