बसको ठक्करबाट ८० वर्षीय वृद्धको मृत्यु

लहान, बैशाख ३० – सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ ।
ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ । (रासस)
तपाइँको प्रतिक्रिया