बैशाख ३० – रियल मड्रिडले स्पेनिस ला लिगामा लज्जासपद हार व्यहोरेको छ । ला लिगा अन्तर्गत गए राती भएको खेलमा रियल मड्रिड रियल सोसिडाड सँग ३-१ ले पराजित भएको हो । खेलमा रियल १० खेलाडीमा सिमित भएको थियो ।
सोसिडाडको घरेलु मैदानमा भएको खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको छैटो मिनेटमा नै गोल गर्दै ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए । तर रियलको अग्रता धेरै बेर टिक्न सकेन । खेलको २६ औं मिनेटमा म्केल मेरिनोले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए ।



पहिलो हाफमा नै रियल १० खेलाडीमा सिमित भयो । ३९ औं मिनेटमा जेसस भालेहोले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछी रियल १० खेलाडीमा सिमित भयो । घरेलु टोलीले त्यसको भरपुर फाईदा उठायो ।
खेलको ५७ औं मिनेटमा जोसेबा जाल्दुआले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । लगत्तै १० मिनेट पछी सोसिडाडले तेस्रो गोल गर्यो । खेलको ६७ औं मिनेटमा आन्दर बारेनेटजेयाले गोल गरेपछी सोसिडाडले रियललाई ३-१ ले निराश बनायो ।
जित पछी सोसिडाड तालिकाको आठौ स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ५० अंक भएको छ । समान खेल खेलेको रियल भने ६८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । लिग बिजेता बार्सिलोना ३७ खेलबाट ८६ अंकका साथ शिर्ष स्थानमा रहदा एथ्लेटिको मड्रिड ७५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।