बार्सिलोनाको संघर्षपूर्ण जित

बैशाख ३० – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले गेटाफे बिरुद्द संघर्षपूर्ण जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा बार्सिलोनले गेटाफेलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदान क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले अधिकाशं समय बल आफ्नो पक्षमा राखे पनि गोल गर्न पनि निकै संघर्ष गर्नु परेको थियो । बार्सिलोनाको जितमा अटुर्डो भिडालले एक गोल गरे । अर्को गोल भने बार्सिलोनाले उपहार पाएको थियो ।
खेलको ३९ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल १-० मा सकियो ।दोस्रो हाफमा बार्सिलोनाले उपहार गोल पायो । खेल सकिन १ मिनेट बाँकी रहदा मउरो आरमबारीले आत्माघाती गोल गरेपछी बार्सिलोना २-० ले बिजयी भयो ।
जित पछी बार्सिलोनाको ३७ खेलबाट ८६ अंक भएको छ । बार्सिलोना यस अघी नै लिगको उपाधी आफ्नो नाममा गराउन सफल भईसकेको छ । उता समान खेल खेलेको गेटाफे भने ५८ अंकका साथ तालिकाको पाचौ स्थानमा रहेको छ ।
गए राती नै सम्पन्न अन्य खेलहरुमा रियल सोसिडाडले रियल मड्रिडलाई ३-१ ले स्तब्ध पारेको छ भने लेभान्टेले जिरोनालाई २-१ ले पाखा लगाएको छ । यस्तै भिल्लारियलले एईबरलाई १-०, भ्यालेन्सियाले आलाभेसलाई ३-१ तथा भल्लाडोलिडले रायो भालेकानोलाई २-१ ले पाखा लगाएको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया