कृषि तथा वन संकायका विद्यार्थीलाई लक्षित गर्दै तयारी कक्षा

बैशाख ३०, चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्यले तयारी कक्षा संचालन गरिएको छ । नारायणगढमा रहेको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर) संस्थाले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको हो । आज संस्थाले नारायणगढमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध निर्देशक भुवन पौडेलले कृषि क्षेत्रको प्रर्वद्धन गर्दै यस क्षेत्रमा प्रशस्त अवसर सिर्जना गर्ने उद्धेश्यले संस्था मार्फत तयारी कक्षा संचालन भइरहेको बताए । विज्ञान विषय लिई दश जोड दुई पास गरेका विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा संचालनमा ल्याइएको उनको भनाई छ । तयारी कक्षा लिइसकेपछि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थीले स्नातकतह अध्ययन गर्नुअघि तयारी कक्षा लिनुपर्नेमा उनले जोड दिए । संस्थाले तयारी कक्षा संचालन गरेपश्चात अन्य कलेज तथा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएको पौडेलले जानकारी दिए ।
संस्थाले त्यस्ता विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक तबरबाट अध्यापन गरिरहेको छ । संचालनको शुरुवाती क्षणबाटनै यहांँ अध्ययन गर्ने विद्यार्थीहरुहरुले ९० प्रतिशत नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष बद्री अर्यालले बताए । देशका विभिन्न विश्वविद्यालयमा यहांँ अध्ययन गरेका विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा ल्याउन विद्यार्थी सफल भएको अर्यालको दाबी छ । उनका अनुसार संस्थाले कृषि , वन, भेटेरीनरी, फिसरी,खाद्यप्रविधि तथा नर्सिङ्ग विषयका तयारी कक्षाहरु संचालन गरिरहेको छ । संस्थाले डिजाइन गरेको कोर्ष ६ महिनाको अवधिको रहेको छ । सो अवधिमा संस्थाले ७० वटा भन्दा पूर्व तयारी परीक्षा लिने गर्दछ ।
तपाइँको प्रतिक्रिया