बैशाख ३०,काठमाडौं । आइतबारदेखि मुलुकका विभिन्न भागको मौसममा बदली भएको छ । सोमबार (आज) पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ । पश्चिम र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मध्य तथा पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ । “पूर्वी तराईमा मध्यान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । तर ठूलो हावाहुरीको सम्भावना भने देखिएको छैन, त्यसैले डराउनुपर्ने अवस्था छैन,” मौसमविद् रिमालले भने ।


