चितवनमा गहुंँ उत्पादन स्थिर
सूर्यप्रसाद अधिकारी, बैशाख ३०, चितवन । कृषिको हबको रुपमा विकसित हुदै गएको चितवनमा विगत ३ बर्षदेखि गहुंँको उत्पादन स्थिर रहेको छ । उन्नत जातको बीउ, प्रविधि भित्रिएपनि गहुंँखेतीतर्फ कृषकको आर्कषण नबढ्दा यहांँ उत्पादन बढ्न नसकेको हो ।
बर्षैपिच्छे खेतीयोग्य जमीन मांँसिदै गएका कारण गहुंँखेती लगाइने क्षेत्र समेत घट्दै गएको कृषि ज्ञानकेन्द्र, चितवनले जनाएको छ । कार्यालयका कृषि अर्थविद रामराजा पौडेलले उन्नत जातका बीउवीजन र आधुनिक प्रविधि कृषकले प्रयोग गर्दै आएपनि उत्पादनमा बृद्धि हुन नसकेको बताउनु भयो । ‘खेतीयोग्य जमीन खण्डीकरण हुदै गएको छ, कृषकको संख्यामा बृद्धि हुन सकेको छैन’ उहांँले भन्नुभयो । उहांँका अनुसार गहुंँखेतीमा भन्दा बढी तरकारी खेतीमा कृषकहरु आर्कषित भएकोले पनि उत्पादनमा बृद्धि हुन नसकेको हो । चितवनमा ६ हजार २० हेक्टर क्षेत्रफलमा गहुंँखेती हुदै आएको छ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७३÷०७४ मा ३१ हजार ६सय मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी ०७४÷ ०७५ मा पनि सोही परिमाणमा उत्पादन भएको छ ।
कृषि अर्थविद पौडेलले यसबर्षको अन्तिम तथ्यांक नआएपनि उत्पादन सोही परिमाणमा हुने उहांँले बताउनु भयो । ‘प्रतिहेक्टर उत्पाकत्व घटेको छैन, तर कुल उत्पादन पनि बढ्न सकेको छैन’ उहांँले भन्नुभयो । अघिल्ला बर्षमा चितवनको प्रतिहेक्टर गहुंँको उत्पाकत्व ३ दशमलब ५ मेट्रिक टन भएपनि हालका बर्षहरुमा प्रतिहेक्टर ३ दशमलब ५९ मेट्रिक टन गहुंँ उत्पादन हुदै आएको छ ।
प्रत्येक १० बर्षमा कृषि गणना हुने भएकोले पनि घट्दै गएको जग्गाको विवरण प्राप्त नहुंँदा गहुंँखेती हुने जग्गाको क्षेत्रफल एकिन गर्न नसकिएको हो । अघिल्ला बर्षहरुमा जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ठाउंँमा कृषि सेवामार्फत तथ्याँंक संकलन गर्दै आएको थियो । गतबर्षबाट यस विषय सम्बन्धी अधिकार स्थानीय तहमा नीहित भएकोले समयमै तथ्याँंक पाउन मुश्किल परेको कार्यालयका वाली विकास अधिकृत माधव पौडेलले बताउनु भयो । उहांँका अनुसार गहुंँखेती गर्ने नयांँ किसान नथपिंदा गहुंँको उत्पादन बढ्न सकेको छैन । ‘गहुंँखेतीको लागि लागत पनि बढी छ, यसमा किसानलाई खासै फाइदा पनि छैन’ उहांँले भन्नुभयो । चितवनमा तरकारी, केरा, माछापालन तर्फ बढी किसान आर्कषित हुने गरेकोले गहुंँको उत्पादन बढ्न नसकेको उहांँले बताउनु भयो ।
भरतपुर महानगर पालिकाका कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाका प्राविधिक अधिकृत ध्रुव आचार्य गहुंँखेतीको क्षेत्रफल कतै घट्ने र कतै बढ्ने गरेको बताउनुहुन्छ । क्षेत्रफल र किसानको संख्या पनि बढेको छैन, उत्पादन पनि बढ्न सकेको छैन । उहांँले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकाका क्षेत्रहरुमा औसत ३ दशमलब ४५ प्रति हेक्टर गहुंँको उत्पादन हुने गर्दछ । ज्ञान केन्द्रले दिएको जानकारी अनुसार माडी नगरपालिकामा ५० प्रतिशत, भरतपुर महानगरपालिकाका क्षेत्रफलमा ३० प्रतिशत , पूर्वी चितवनमा २० प्रतिशत गहुंँखेती गरिदै आएको प्रक्षेपण छ ।
तपाइँको प्रतिक्रिया