सिर्जना स्कुलमा नमुना निर्वाचन, मतदानबाटै चुनिए स्कुल कप्तान र उपकप्तान

चितवन, बैशाख २९ – ब्यबहारिक तथा प्रयोगात्मक शिक्षण बिधिलाइ आत्मसात गर्दै आएको भरतपुर -९, शरदपुर स्थित सिर्जना स्कुलले नमुना निर्वाचन सम्पन्न गरेको छ । बिद्यार्थीहरुको ब्यक्तित्व बिकास तथा नेतृत्व क्षमतालाई निखार्नका लागि स्थापित बिधालयको प्रीफेक्ट काउन्सिलको कप्तान तथा उपकप्तानहरुको निर्वाचन गरिएको हो ।
निर्वाचनका सबै प्रक्रिया पूरा गरि गरिएको मतदानमा कक्षा नौ र दसका बिद्यार्थीहरु निर्वाचन आयोग र सो सँग सम्बन्ध राख्ने निकायहरुको भुमिकामा थिए । उमेदवारको मनोनयन दर्ता,दाबी बिरोध तथा नाम फिर्ता, उमेदवारको अन्तिम सुचि प्रकासन, निर्वाचन चिन्ह प्रदान तथा मतदाताको नामावली प्रकाशन गरिएको थियो ।
प्रचार प्रसार समय र निर्वाचन हुने कार्यसुचि अनुसार निर्वाचन सम्पन्न भएको हो । निर्बाचन आयोगमा पत्रकार सम्मेलन भइ सुरु भएको मतदानमा बिद्यार्थीहरु प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा प्रबक्ता, जिल्ला निर्वाचन कार्यलयका अधिकृत, मतदान अधिकृत, पत्रकार, मानव अधिकारबादी, सुपरिबेक्षक, स्वमसेवक, प्रत्यासिका एजेन्ट तथा सुरक्षाकर्मी को भुमिकामा थिए ।


बिधालयका संयोजक तथा सामाजिक विषय शिक्षक जीवन दवाडीले संयोजन गर्नुभएको उक्त निर्वाचनमा कक्षा तीन देखि दससम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको मतदानबाट कक्षा दसका मनिस प्रताप सिङ बिधालय कप्तान तथा कक्षा नौ का अनुश्रुत थापा र कक्षा आठकी ममता थापामगर उपकप्तानको रुपमा निर्बाचित भएका छन ।
तपाइँको प्रतिक्रिया