कवि विश्वकर्माको कविता संग्रह ‘भोकको लय’ विमोचन

चितवन, वैशाख २९ – लायन्स चोकमा रहेको पुस्तक भण्डार सम्पूर्ण किताबको आयोजनामा भरतपुरमा कवि कृष्ण विश्वकर्माको कविता संग्रह ‘भोकको लयको गृह’ विमोचन गरिएको छ । उपन्यासकार, राजनीतिक विश्लेषक एवं साहित्यकार आहुदी सँगै कवी कृष्ण विश्वकर्मा र सिरिषा सापकोटाले कविता संग्रहको विमोचन गरेका हुन् ।
विमोचन पश्चात विभिन्न समीक्षकहरुले पुस्तक माथि समीक्षा गरेका थिए । पुस्तक माथि समिक्षा गर्दै उदय अधिकारीले कृष्णको कविता मानववादी स्वरमा अगाडि बढेको भन्दै सामाजिक विषयमा वकालत गर्न सफल भएको बताए ।
अधिकारीले राम गोपाल आशुतोषको प्रशंसा गर्दै विश्वकर्मालाई कविता लेख्न आफूले हौसला दिएको बताए । विश्वकर्माले पाठकलाई नयाँपनको विषयमा स्वाद दिन पुस्तक सफल भएको समेत बताए । सो अवसरमा अर्की समीक्षक लक्ष्मी बरालले कविताको आध्यामिक कुरालाई वर्णन गरेकी थिइन ।


कवितामा हुनुपर्ने सबै बिषय रहेको भन्दै विश्वकर्माको चर्चा गरिन । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि उपन्यासकार तथा राजनिति विश्लेषण साहित्यकार आहुदीले कविता संग्रह ब्राम्हणद्धारा लिखित पुस्तकहरु सजिलै बजारमा चर्चित हुने तर महिला एवं दलितद्धारा लेखिएका पुस्तकहरुले खासै चर्चा नपाउने बताए ।
भोकको लय कविता जातवादको विषयमा मात्र नभएर समाजको विविध विषयमा रहेको भन्दै आहुदीले कविता नयाँं ढांँचामा व्याख्या गरिएको उनले बताए । खेलकुदमा जसरी खेलाडीहरु निवृत्तिभरण हुन्छन , त्यसरीनै कवि, साहित्यकार पनि निवृत्तिभरण भएपछि यस क्षेत्रलाई छोड्न सक्नुपर्ने बताए ।
सो अवसरमा विश्वकर्माले भ्यागुताको गीत, हामी ढुङगाको मान्छेहरु, बाटो मुनिको फूलहरु, ईश्वर म¥यो, फलाम पिट्ने मान्छे कविता वाचन गरेका थिए पुस्तकमा चितवनका कवि कृष्ण विश्वकर्माको एकाउन्न वटा कविता रहेका छन् । यस संग्रहलाई बुलबुल पब्लिकेसन्स काठमाडौँले प्रकाशन गरेको हो । कार्यक्रम सिरिषा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया