नुवाकोट, बैशाख २९ – नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।
चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।
तपाइँको प्रतिक्रिया