पाकिस्तान बिरुद्दको दोस्रो वान डे मा इंग्ल्यान्डको रोमान्चक जित

बैशाख २९ – पाकिस्तान बिरुद्दको दोस्रो खेलमा इंग्ल्यान्डले १२ रनको रोमान्चक जित हात पारेको छ ।पाँच एक दिवसिय अन्तर्गत गए राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्यान्ड १२ रनले बिजयी भएको हो ।
इंग्ल्यान्डले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६१ रनमा मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि ओपनर फकार जमानले शतकिय योगदान गरे पनि टोलीको हार भने टार्न सकेनन् । १ सय ६ बल खेलेका जमानले १२ चौका र ४ छक्काको मद्दतमा १ सय ३८ रन बनाए ।
यस्तै आसिफ अलीले ५१ रन बनाए । उनले ३६ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।बाबर आजम ५१, ईमाम उल हक ३५ र ह्यारिस सोहेल १४ रनमा आउट भए । कप्तान सरफराज अहमिद ४१ रनमा नट आउट रहे । इंग्ल्यान्डका डेविड विल्ली र लियाम प्लन्केटले समान २ विकेट लिए भने त्यस्तै क्रिस वोक्स,मोइन अली र आदिल राशिदले समान १ विकेट हात पारे ।


त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ७३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जस बटलरले बिष्फोटक ब्याटिङ गर्दै ११० रनको महत्वपूर्ण नट आउट पारी खेले । उनले ५० बलमै शतक पुरा गरेका बटलरले ५५ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै १ सय १० रन बनाए ।
त्यस्तै कप्तान ओईन मोर्गनले ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।ओपनर जेसन रोयले ९८ बलमा ३ छक्का र ६ चौका सहित ८७ रन बनाएर आउट भए ।यस्तै जोनी बेयरस्टो ५१ र जो रुट ४० रन बनाएर पेभिलियन फर्किए । पाकिस्तानका लागि हसन अली, यासिर शाह र शाहिन अफ्रिदीले समान १ विकेट हात पारे ।
यो सँगै इंग्ल्यान्डले पाँच ओडीआई सिरिजमा १-० को अग्रता लिएको छ । पहिलो खेल भने वर्षाको कारण रद्ध भएको थियो । तेस्रो वान डे मे १४ मा हुनेछ ।एजेन्सी
तपाइँको प्रतिक्रिया